प्रभासमै अस्ताए  गुल्मीका झविन्द्र आचार्य

गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा व्यावसाय गर्दै आएका युवा उद्यमी तथा समाजवेवी ४० बर्षीय झविन्द्र आचार्यको कतारमा सडक दुर्घटनामा ज्यान गएको छ । सडक दुर्घटनामा परेका आचार्यको हमाद हस्पिटलमा ज्यान गएको गुल्मी सेवा समाज कतारका पूर्व अध्यक्ष कुमार अविरल पन्थीले जानकारी दिए । उनी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष, गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका उपाध्यक्ष रहेका थिए ।

उनी गुल्मी सेवा समाज कतारका पूर्व अध्यक्ष समेत हुन् । पन्थीका अनुसार सन् २००७ मा कतार छिरेका मृतक आचार्यले कतारमै अहिले आफ्नै व्यावसाय गरिरहेका थिए । उनले परदेशमा उद्यम मात्रै गरेनन् । गाउँको सामाजिक विकासमा कैयन उदाहरणीय कामको नेतृत्व गरेका छन् । आचार्यको मृत्युको कारण परिवार, आफन्त, इष्टमित्र र जिल्लाबासीहरुलाई चोट पुगेको छ । मालिका गाउँपालिका-५ का वडाध्यक्ष रेखा कुमार जिसीले मृतक आचार्यलाई भगवानको संज्ञा दिए । वडाध्यक्ष जिसीका अनुसार आचार्यले विभिन्न किसिमका कम्तीमा चार-पाँच सय बिरामीहरुलाई अवस्था अनुसारको सहयोग गरेका थिए ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

दुखद खबरले निकै स्तब्ध बनायो । आचार्य गाउँ मात्रै नभएर गरिबी बिरामीको भगवान हुन् ,उनले भने,राम्रो मान्छे छिटै भगवानका प्यारा हुने रहेछन् । साथै धार्मिक तथा पर्यटकीय लेकपोखराको रिक्रीकेश मन्दिर निर्माणमा सवा लाख बाहेक बर्षेनी सहयोग गरिरहेको जिसीले बताए । उनको सम्झानामा वडा र पालिका मार्फत लेकपोखरामा शालिक निर्माणको योजना बनाएको बताए । सामाजिक व्यक्तित्व आचार्यले परदेशमै समेत दर्जनौ अलपत्र परेका बिरामीहरुलाई सहयोग गर्दै आएका थिए । जिसीका अनुसार आचार्य आफ्नो गाडी बिग्रेर सडक छेउमा उभिरहेको बेला अर्को गाडीले ठक्कर दिएको थियो । उनका बुबा, आमा, दाईभाइ, श्रीमती र छोराछोरीहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय