सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

१८ फागुन, । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । आज दिउँसो करिब एक बजे लागेको आगोले कार्यालयको माथिल्लो तलामा आगो लागेको हो ।

माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

 

गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले अनलाइनखबरसँग भनिन्, ‘हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि बिजुली थिएन । आज बिजुली पनि आयो र आगो पनि लाग्यो । त्यसैले तार सर्ट भएको हो कि भन्ने हाम्रो अनुमान छ ।’

हावा अहिले पनि चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन् । तर गाउँपालिकामा दमकल नहुँदा आगो निभाउन समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय