लक्ष्मण सुनार,गुल्मी!
२४ फाल्गुण २०८१
“सबै महिला तथा बालिकाको लागि -अधिकार समानता र सशक्तीकरण भन्ने मुल नारा सहित” ११५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा धुर्कोट गाउपालिका वडा न.१ को आर्थिक सहयोग र नयाँगाउँ झल्याकोट कृषि तथा पशु महिला सहकारी संस्था लि.आयोजनमा विबिध कार्यक्रम शनिवार सम्पन्न भएको छ।
कार्यक्रम धुर्कोट गाउपालिका वडा न-०१ का वडा अध्यक्ष चेतमान कुवरको अध्यक्षता,प्रमुख अतिथी पुर्व संविधान सभा सदस्य दिलशोभा पुन,गाउँ कार्य पालिका सदस्य द्वोय कश्मिरा अधिकारी र बिमला पाध्यवती ,नेपाली काङ्ग्रेस प्रतिनिधि भिम प्रसाद पोख्रेल ,नेकपा एमाले प्रतिनिधि लक्ष्मण सुनार,नेकपा माओवादी केन्द्र प्रतिनिधि मदन थापा ,बालचेतना प्रावी प्र.अ.बसन्ता खड्का लगायतको आतिथ्यता रहेको थियो।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
कार्यक्रम धुर्कोट गाउपालिका वडा न.१ को कार्यलय देखि देउराली डाडा सम्म पन्चेबाजा सहित र्याली गरिएको थियो।
साथै मनोरञ्जनात्मक कार्यक्रम घैटो फोड र कुर्ची दौड प्रतियोगिता आयोजना गरिएको थियो उक्त घैटो फोड प्रतियोगितामा मिना खत्री र कुर्ची दौडमा पुष्पा घिमिरे जि.सि. बिजेता हुनुभएको थियो।
कार्यक्रम सहकारी संस्था सदस्य उमा वि.क.को स्वागत मन्तब्य रहेको कार्यक्रमको सन्चालन सहकारी व्यवस्थापक अस्मिता के.सी.ले गर्नु भएको थियो।