हिमाली जिल्ला मनाङ, मुस्ताङ र हुम्लामा क्यान्सरविरुद्धको एचपीभी खोप अभियान आजदेखि सञ्चालन

काठमाण्डौ – मौसम अनुकूल नहुँदा हिमाली जिल्ला मनाङ, मुस्ताङ र हुम्लामा रोकिएको किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान आजदेखि सञ्चालन भएको छ ।

यसअघि हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

मनाङ, मुस्ताङ र हुम्लामा आजदेखि र डोल्पामा यही फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन गर्नेे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य तथा खोप महाशाखा प्रमुख डा.अभियान गौतमले पछिल्लो तीन दिन मौसम बदली भएर ती जिल्लाका केही ठाउँमा हिमपात भए पनि खोप अभियानलाई प्रभाव नपर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले गएको माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले एचपीभी खोप लगाइसकेका छन् । अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले खोप लगाइसकेका छन् ।

सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको प्रभावकारिता ९५ देखि शतप्रतिशत रहेको भनेर अध्ययनले देखाएको बताउनुभएको छ ।

नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ ।

नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको ज्यान जाने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय