गुल्मीमा सन्चारकर्मी र निर्वाचन कार्यालय बिच आचारसंहिता विषयकमा अन्तरक्रिया

१८ वैशाख, गुल्मी –  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचको लागि गुल्मी जिल्लामा रहेका सञ्चारकर्मी र निर्वाचन कार्यालय बिच आचारसंहिता विषयक अन्तरक्रिया गरिएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजना र नेपाल पत्रकार महासंघ
गुल्मी र दलित महिला संघ गुल्मीको समन्वयमा आचार सहिता विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत माया कुँवरले सञ्चार आम नागरिक र माध्यमहरुले पालना गर्नुपर्ने आचार सहिता विषयमा जानकारी गराएकी थिइन् । कार्यक्रममा जिल्ला स्थित सञ्चारकर्मीहरुले आचार सहिताको विषयमा असपष्टता भएका विषयमा जिज्ञासा राखेका थिए । एफएम रेडियोमा उम्मेदवारहरुका सूचना प्रसारण गर्दा कसरी प्रसारण गर्ने भन्ने जस्ता विषयमा प्रश्न गरेका थिए । सञ्चारकर्मीहरुले जिल्ला भर हुने निर्वाचन लक्षित
सूचनाहरु छिटो छरितो र एकै ठाउँबाट पाउने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले पत्रकारहरु राखेका जिज्ञासाहरुको बारेमा जानकारी गराएका थिए । उनले मिडिया र पत्रकारहरु साझा भएकाले त्यहि अनुसार आफनो व्यवहार प्रस्तुत भएर निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर