रिडी
नेकपा एमालेले सँघिय र प्रदेश निर्वाचनको प्रयोजनका लागि जिल्ला ,क्षेत्र र गाउँ गाउँमा सम्पूर्ण सँयन्त्र परिचालन गरेको छ ।
पार्टीका जनवर्गीय सँगठनहरु यतिबेला दुईवटै सँघिय र चारैवटा प्रदेश सभाका निर्वाचन क्षेत्र सँगै गाउँ र बजार क्षेत्रमा परिचालन भएको पाईएको छ ।
एमाले निकट जनसाँस्कृितिक महासँघको टोली निर्वाचन क्षेत्रहरुमा साँस्कृतिक अभियान सँगै परिचालित छ र जनकलाकार हरुका गीत र नृत्य मार्फत पार्टीको प्रचार प्रसारमा जुटिरहेको र क्षेत्र न १ र २ का गाउँ र बजार क्षेत्रमा आफ्ना प्रस्तुति हरु मार्फत सूर्य चिन्हको पक्षमा भोट मागिरहेको जन साँस्कृतिक महासँघका जिल्ला अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी अनेरास्ववियुले पनि आफ्नो आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई गाउँ गाउँमा पुर्याएको छ ।
क्षेत्र न २ का सबै जसो गाउँपालिकामा अनेरास्ववियुको अभियान जारी छ ।
यसै गरि क्षेत्र न १ को रुरुक्षेत्र ,क्षत्रकोट ,कालीगण्डकी
सत्यवती ,चन्द्रकोट ,गुल्मी दरबार र तम्घासमा समेत प्रचारप्रसार अभियानका भेला ,छकफल हरु आयोजना गरिएको अनेरास्ववियुका जिल्ला उपाध्यक्ष समेत रहेका क्षेत्र न १ का विध्यार्थी फाँटका प्रचारप्रसार सँयोजक आशिष गौतम क्षेत्रीले बताउनु भयो ।
एमाले निकट युवासँघले पनि आफ्नो प्रचारप्रसार अभियानलाई तिब्रता दिएको छ भने अनेमसँघ ,उत्पिडित जातिय मुक्ति समाज ,बुद्धिजीवी परिषद ,अखिल नेपाल किसान महासँघ ,रिटर्नी फेडरेशन ,प्रेस चौेतारी लगाएतका सम्पूर्ण सँयन्त्रलाई जिल्ला भरि परिचालन गरिएको नेपाल कम्युनिस्ट पार्टी एमालेका जिल्ला अध्यक्ष बालशिँह काउछाले जानकारी दिनु भयो ।
यतिबेला गाउँ गाउँ बस्ती बस्तीमा एमालेका उम्मेदवार हरु जनताका माझ पुगेर अन्तरकृया छलफल र आफ्ना धारणा राखिरहनु भएको छ भने निर्वाचन जति नजिक आउँदैछ त्यति अन्य पार्टी परित्याग गरि एमालेमा समाहित हुने हरुको लर्को लागेको छ ।
शनिबार र आईतवार मात्रै रुरुक्षेत्रको बम्घा ,गुल्मी दरबार ,रेसुँगा नगरपालिका ,धुर्कोट मालिका लगाएतका क्षेत्रबाट सयौँको सँख्यामा माओवादी र नेपाली काँग्रेस परित्याग गरि एमालेमा प्रवेश भएको छ ।
मँसिर चार हुने सँघिय र प्रदेश बाट क्षेत्र न १ मा प्रदिप कुमार ज्ञवाली ,क्षेत्र न २ बाट गोकर्ण विष्ट ,क्षेत्र न १ क बाट चिन्तामणी पाण्डे ,क्षेत्र न १ ख बाट फर्सुराम पाण्डे यसै गरी क्षेत्र न २ क मा डिल्लीराज भुषाल र क्षेत्र न २ खमा दिनेश पन्थी नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको छ ।
ADVERTISEMENT