सुर्खेत, कात्तिक
सुर्खेतको देउतीबज्यै मन्दिरमा मृत फेला परेका पुजारीको शव पोष्टमर्टमको लागि अस्पतालमा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रविर विश्वकर्माका अनुसार मृतक पुजारीको शव पोष्टमर्टमको लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

बुधबार बिहान ५ बजे अन्दाजी ५० वर्षीया पुजारी वीरेन्द्रनगर–११ की सरस्वती राजी मृत फेला परेकी थिइन्।

मन्दिरको मुलढोकामा झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी हुन्।

प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको डिएसपी विश्वकर्माले बताए। घटनाबारे पोष्टमर्टम र अन्य अनुसन्धानबाट थप खुल्ने उनले बताए।

‘घटनाको आवश्यक अनुसन्धान भइरहेको छ। पोष्टमर्टम रिपोर्ट के आउँछ त्यसअनुसार थप अनुसन्धान अघि बढ्छ,’ उनले भने।

सुर्खेतको प्रशिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिर यहाँको राजी समुदायसँग जोडिएको छ।

सोत : सेताेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय