पाल्पा – पाल्पाको तिनाउ–४, सत्यवतीमा चार दिनसम्म लागेको वर माग्ने मेलाबाट झण्डै ३३ लाख भेटी आम्दानी भएको छ । कात्तिक २७ गतेदेखि ३० गतेसम्म सत्यवतीमा लागेको चिच्याएर वर माग्ने मेलाबाट भक्तजनले चढाएका भेटीबाट मन्दिरलाई ३२ लाख ८१ हजार ८७० रुपियाँ आम्दानी भएको हो ।

विभिन्न जिल्लासहित भारतबाट समेत मेलामा सहभागी तीन लाख भक्तजनले चढाएका भेटी मेला सकिएलगत्तै गणना गरेर सार्वजनिक गरिएको छ । तिनाउ गाउँपालिकाका प्रतिनिधि, कर्मचारी, प्रहरी, स्थानीय र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले भेटी गणना गरेका थिए । आइतबार र सोमबार भेटी गनेर सकिएको समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । समितिले हरेक वर्ष भक्तजनले चढाएका भेटी गनेर सार्वजनिक गर्ने गरेको छ ।
सत्यवतीमा हरेक वर्ष तिहार पर्व सकिएपछिको पूर्णिमामा चिच्याएर वर माग्ने प्रचलन रहेको छ । परापूर्व कालमा सत्यवती बज्यै सत्यको खोजीमा घना जङ्गलको बीच भागमा आई तपस्या गरेर शक्ति प्राप्त गरेको जनविस्वास रहेको छ । सत्यवती बज्यै बहिरी रहेकाले यहाँ आउने भक्तजनले चिच्याएर आफूले चिताएको वर मागेमा पूरा हुने विस्वास रहेको छ ।
को रोहबरमा आइतबार र सोमबार भेटी गनेर सकिएको छ । यस्तै मन्दिरमा केही भक्तजनले सुनका गहाना समेत चढाएका र त्यसको पनि विवरण राखिएको समितिका अध्यक्ष गाहाले बताउनुभयो । सङ्कलित भेटी समितिको खातामा दाखिला गरिएको छ ।
गत वर्ष सत्यवतीमा १८ लाख ५० हजार भेटी सङ्कलन भएको थियो । यो वर्ष भक्तजनको सङ्ख्या बढेकाले भेटी बढेको समितिले जनाएको छ । सङ्कलित भेटी मन्दिरको स्तरउन्नति, सिमसार र वन क्षेत्रको संरक्षण, सडक सुधार, भक्तजनका लागि आवश्यक विश्रामस्थल निर्माणमा खर्च गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर