गुल्मीको शान्तिपूरमा चक्रेश्वर मेला लाग्ने

गुल्मीको शान्तिपूरमा चक्रेश्वर मेला लाग्ने भएको छ ।

चक्रेश्वर क्षेत्रको सान चक्रेश्वर मेला हाम्रो पहिचान भन्ने मुल नाराका साथ उदय शान्ती युवा क्लबको आयोजनामा जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपूरमा बालाचतुर्दशीको अवसर पारी यही मंसिर १२ गतेदेखी १६ गतेसम्म चक्रेश्वर मेला लाग्ने भएको हो ।
मेलामा चन्द्रकोट गाउँपालिका संरक्षक रहनेछ ।

मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति, आकर्षक झुला, बाल उध्यान, कृषि मेला प्रदर्शनी लगायत अन्य विविध कार्यक्रमको आयोजना गरिएको छ ।

खेलकुद, लोक साँस्कृतिक तथा धार्मिक गतिविधिहरुमार्फत समाजमा एकता, चेतना र स्थानिय सँस्कृतिको प्रवद्धन गर्ने उद्धेश्यले मेलाको आयोजना गरिएको उदय शान्ती युवा क्लबले जनएको छ ।

खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु १ लाख १ हजार १ सय ११ कप मेडल र प्रमाणपत्र तथा द्धितिय हुने समूहले नगद रु. ५५ हजार ५ सय ५५ कप मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै तृतीय हुने समुहलाइ नगद रु. २५ हजार ०२५ तथा सान्त्वना हुने समुहलाइ नगद रु. १२ हजार ११२ कप मेडल र प्रमाणपत्र दिइने क्लबका अध्यक्ष अर्जुन थापाले जानकारी दिनुभयो ।

बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद, कप प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

मेलामा लोक तथा दोहोरी गायक राजु पारीयार, शान्ता रानी पारीयार, भूमिका गिरी, अर्जुन सापकोटा लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर