कुमारी देवी मन्दिर

कुमारी देवी मन्दिर

धुर्कोट गाउँपालिका वडा नं. ४ को बाहुनगाउँ भन्ने ठाउँमा कुमारी देवीको मन्दिर छ ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

जैसिथोकको रातापोखरा माथि सानो थुम्कोमा अवस्थित यो मन्दिर वरिपरिको स्थल

रमणीय र मनोरम छ । तम्घास सेउघा हुदै वर्बोट आउने मोटरबाटोमा पर्ने जैसिथोकको

कालापोखरा भन्ने ठाउँको खेल मैदान देखि करिब १०० मिटर दक्षिण पश्चिमको माथि

डाँडोमा यो मन्दिर रहेको छ । सडकको छेउमा कुमारी मन्दिर प्रवेशद्धार निर्माण गरिएकाे छ ।प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्नको निम्ति ढुङ्गा कुँदेर जडान गरिएको आकर्षक

सिढी निर्माण गरिएको छ । पश्चिम तिर सहिदपार्कबाट मन्दिरमा आउने मोटरबाटो |

वडादशैँ, कृष्ण जन्माष्टमी र चैते दशैंमा यस मन्दिरमा विशेष पूजाआजा गरिन्छ। अन्य

समयमा पनि यस मन्दिरमा आएर देवीबाट आर्शीवाद मागी वरवधुको विवाह गर्ने चलन

छ ।

यस मन्दिरमा वडादशैंको घटस्थापनादेखि दशमीसम्म कुमारीदेवीको विशेष पूजा गरिन्छ ।

यहाँ अष्टमीका दिन भाकल गरेका मानिसहरुले पाठा, पाडाका बलि चढाउने र परेवा

उडाउने गर्छन । यस मन्दिरमा पाठा पाडाका बलि दिनाले मनले चिताएको पुग्ने कुराको

जनविश्वास छ । बडादशैँको त्रयोदशीको दिन मन्दिर अगाडि रहेको ठूलो चौरमा सराएँ

नाच नाचिन्छ | ट्याम्को, दमाहा, झ्याली, सहनाइ, नरसिंहा र कर्नाल जस्ता बाजाको

तालमा नाचिने सराएँ नाच हेर्न छिमेकी गाउँ हाडहाडे, पिपलधारा, नयाँगाउँ, वाग्ला,

वस्तु, रजस्थल, सेउवा लगायतका ठाउँबाट मानिसहरु आउँछन् । मानिसहरु सराएँ नाचेर

र सराएँ हेरेर रमाउने गर्दछन् । यस दिन जुलेबी पकाउने मानिसहरुको समेत भिडभाड

लाग्छ । मानिसहरु जुलेबी खाने र घरमा पनि लैजाने गर्छन । त्यसै गरी यहाँका स्थानीय

फलफूलहरु सुन्तला, मौसम, ओखर, बेलौती, केरा आदि पनि किनबेच गरिन्छ ।

कुमारी देवी मन्दिर पर्यटकीय दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ । मन्दिर वरिपरिको

चौर, खानेपानीका टंकीहरु र धारो, बनभोजका लागि बनाइएको घर, सार्बजनिक

शौचालय र एउटा ठूलो हल आदि कुराले यस ठाउँमा मानिसहरु घुम्न आउँछन ।

छुट्टीका दिन टाढाटाढाबाट विद्यार्थीहरु पनि आउछन । बिहान तथा साझको समयमा

स्वच्छ हावा लिन मानिसहरु प्रभातकालीन हिँडाइ र सन्ध्याकालीन हिडाइ गर्दै यस

ठाउँमा आएर आनन्द लिन्छन् ।

यस ठाउँको सौन्दर्यतालाई बढाउन मन्दिर परिसरका पुराना रुखहरु हटाई उक्त ठाउँमा

विभिन्न थरिका गुँरास, कल्की, बेलौती आदिका बिरुवाहरु लगाइएको छ । गुँरास फुल्ने

समयमा यस ठाउँको दृश्य थप मनमोहक देखिन्छ। धुर्कोट गाउँपालिकाले यस ठाउँलाई

मानिसहरुको थकान हटाइ आनन्द लिने शान्ति बगैंचा र मानिसहरुको भेटघाट हुने

मिलनपार्कको रुपमा विकास गर्दै लैजाने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर