गजल
भगवानले तिमीसँग बर मागेको देखेर
हाँस्यौ तिमी मैले आँसु खसालेको देखेर
धरती डगमगाउँदा तिमी अचम्मित भइछ्यौ
हनुमानले ठूलै पर्वत उतारेको देखेर
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
खसिरह्यो आकाश मेरै घरको आँगनीमा
हाँस्यो जून खित्का छाडी तड्पाएको देखेर
आयो बरु हुटिट्याउँ टाउकै गाडेर पनि
आएनन् कोही दुःखमा गुहारेको देखेर
कसरी जुम्सो बन्यो गर्जिएको सिँह आज ?
मृगले पनि बाच्छोलाई खेदेको देखेर ।