लक्ष्मण सुनार, गुल्मी!नेकपा एमाले गाउपालिका कमिटी धुर्कोट गुल्मीले बिहीबार बर्बोट गुल्मीमा तेस्रो पुर्ण बैठक तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम नेकपा एमाले गाउपालिका कमिटी अध्यक्ष लोक ब.के.सी.को अध्यक्षता,प्रमुख अतिथी केन्द्रिय कमिटी सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज ,लुम्बिनी प्रदेश सरकारका भुमी व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थि,केन्द्रिय सदस्य द्वोय जंग नेपाली र गणेश खनाल ,जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा ,प्रदेश कमिटी सदस्य एवं धुर्कोट गाउपालिका इन्चार्ज खिमानन्द भण्डारी,प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल,जिल्ला कमिटी उप-सचिव चक्र बन्धु भुसाल ,जिल्ला पार्टी कार्यलय सचीव गणेश श्रेष्ठ ,जिल्ला कमिटी सदस्यहरु सीता गिरी ,कपुर घिमिरे ,चन्द्र सुनार,हिम पन्थी,बोमलाल भण्डारी लगायत पालिका कमिटी सदस्यहरु ,वडा कमिटीका पदाधिकारीहरु र जनवर्गीय सङ्गठनका प्रमुखहरुको उपस्थिति रहेको थियो! कार्यक्रम तथा बैठकमा पालिका कमिटी अध्यक्ष लोक ब.केसी.ले एजेन्डा प्रस्तुत गरि कार्यक्रम सुरु भएको थियो ! तेस्रो बैठक तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी दिनेश पन्थीले हामी गाउ- गाउमा,घर -घरमा पुगेर हाम्रो पार्टिले गरेका राम्रा कामको प्रचार गर्ने ,पार्टिलाइ अझ ब्यवस्थित ,अझ संगठित गर्ने गरि ३ महिने वडा केन्द्रित कार्यक्रम संचालन गरेको यसलाइ सफल बनाउन सवैलाई सहयोग गर्न आहावान गर्नुभयो । यश क्षेत्रमा जति पनि विकास भएका छ्न चाहे त्यो खानेपानी क्षेत्रमा होस,स्वास्थ्य क्षेत्रमा ,शिक्षा क्षेत्रमा ,सडक पुर्वाधारको क्षेत्रमा भएका काम नेकपा एमालेको पहलकदमी बाट भएको कुरा बताउनुभयो ।अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक नेताहरुले विषयवस्तु बाड्फाड गरि उपस्थित प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गरेका थिए ।सुखी नेपाली र समृद्ध नेपाल को विषयमा -जंग नेपाली, पार्टी भित्रका भ्रम र वास्तविकताको विषयमा -गणेश खनाल,गुल्मी जिल्लाको पार्टी गतिबिधी र ३ महिने वडा केन्द्रित पार्टी अभियानको अवस्था -बालसिंह काउछा,पार्टिले संचालन गरेको जरा अभियान अन्तगर्त ३ महिने वडा केन्द्रित पार्टी निमार्ण अभियानको सन्दर्भमा-राजेन्द्र अर्याल। पार्टी भित्रका अन्तरविरोध र समाधान विषयमा पार्टी जिल्ला कमिटी उप -सचिव चक्रबन्धु भुसाल ,जनप्रतिनिधि बिचको समन्ध कस्तो बनाउने भन्ने सन्दर्भमा – रित ब .थापा, महिला र महिला सशक्तीकरण विषयमा- सीता गिरी,पार्टी र जनबर्गिय सङ्गठनको विषयमा -बिमला केसी पार्टिमा नेता नेतृत्व र कार्यशैलीको विषयमा -शान्ता पोख्रेल ,कम्युनिस्ट पार्टी स्थापना र सस्थापक को सन्दर्भमा -गणेश श्रेष्ठ लगायतले विभिन्न विषयमा प्रशिक्षण गर्नुभएको थियो। कार्यक्रमको संचालन गाउपालिका कमिटी सचिव अर्जुन भण्डारीले गर्नुभएको थियो साथै कार्यक्रमले वडा केन्द्रित विभिन्न कार्यक्रमको मिति तय गरि भब्य रुपमा संचालन गर्न आम कार्यकर्तालाई निर्देशन गर्ने निर्णय गर्दै सम्पन्न भएको थियो ।