वैशाख २६ गुल्मी : शहरी विकास मन्त्री तथा एकिकृत समाजबादी पार्टी सचिव रामकुमारी झाक्रीले निर्वाचनको समयमा (नेकपा) एमालले सवारी साधन कब्जा गरेको आरोप लगाएकी छन् । गुल्मीको मालिका गाउँपालिका ८ सिमलटारीमा पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सचिव झाँक्रीले गठबन्धनको चुनावी सभालाई रोक्न एमालेले प्रत्येक सवारी साधन कब्जा गरेर राखेको आरोप लगाएकी हुन् ।
४२ महिना सत्तामा रहँदा केपी ओलीको सरकारले भष्ट्रचार गरेको रकमले सबै सवारी साधन एमाले ठेक्का दिएको उनको आरोप छ । देशमा खराब पात्रहरुले आफु सत्ता र शक्तिमा विराजमान भईरहनका लागी ठुला खेल खेलिरहेको उनले बताईन् । यस पटकको निर्वाचनबाट देशभर गठबन्धनको जीत सुनिश्चत रहेको मन्त्री झाँक्रीको भनाई छ ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
उनले पूर्वमन्त्री तथा एमाले सचिव गोकर्ण विष्टलाई काउले नेताको संज्ञा दिँदै जनतालाई भाषण बाहेक केहि दिन नसकेको आरोप लागाइन् । ‘२०५६ सालदेखि तपाइँको भोट पाएर जित्दै गरेका पात्रहरुले उही प्रबृत्तिका, उही लबजका काउलो पार्ने भाषण बाहेक के दिए’, उनले मतदातासँग प्रश्न गरिन्, ‘यीनिहरुलाई फेर्ने हो की होईन ?’ अब व्यवस्थाभित्र स्थायीत्वका लागि उनीहरुलाई राजनीतिकको भूमिकाबाट हटाउनु पार्नुपर्ने र त्यसका लागि अहिले सहि निर्णय गर्नुपर्ने बेला आएको उनको भनाई छ । मन्त्री झाँक्रीले जनताका आधारभूत आवश्कता परिपूर्ति र देशको विकास गर्न राजनितिमा नयाँ पुस्ता आएकाले नयाँ संकल्पका साथ गठबन्धन अगाडी बढ्ने बताईन ।