समृद्ध वडा बनाउने संकल्प बोकेका रेसुङा ७ का वडाध्यक्ष पदका उम्मेदवार थापा

वैशाख २६, गुल्मी – वैशाख ३० गते हुनलागेको स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा चुनावी गतिबिधी बढेको छ । नगरदेखि गाउँ तहसम्मका सबै पार्टीले उम्मेदवारहरु छनोट गरेर सबै वडाका उम्मेदवारहरु आ–आफना चुनावी एजेण्डा सहित जनताका घरदैलोमा पुग्न थालेका छन् ।
रेसुङ्गा नगरपालिकाको वडानम्बर–७ मा (नेकपा) एमालेको तर्फबाट उम्मेदवार रामबहादुर थापालाई उम्मेदवार बनाएको छ । कर्मचारीबाट अवकाश भई सामाजिक सेवामा तल्लीन थिए ।

कर्मचारी संगठनमा आबद्ध भई थापा ३८ वर्षदेखि निरन्तर समाजसेवा क्रियाशिल छन् । उनी विगत ७ वर्षदेखि कर्मचारीबाट अवकाश भई रेसुङ्गा नगरपालिका वडानम्बर–७ मा समाजसेवा गरिरहेका छन् । कर्मचारी क्षेत्रमा रहेर बिभिन्न ठाउँमा आफुले गरेका कामको अनुभवलाई आफनै वडामा निर्वाचित भएका काम गर्ने अठोट लिएर वडाअध्यक्ष पदमा उम्मेदवार बनेको थापाले बताए । रेसुङ्गा नगरपालिका वडानम्बर–७ लाई बदल्ने प्रमुख संकल्पहरुमा देउराली, कमेरपानी, कुडापानी, सिस्नेहार वर्दवासको स्तारोन्नति गर्दै कालोपत्रे गर्ने काम क्रमागत रूपमा भएको हुदाँ निरन्तरता दिई सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

जन्ते ढुङ्गा–नेटा सडकको स्तरोन्नति, अडविसे छेडा–बुट्टाकुरी–सिस्नेहार सडकको स्तरोन्नति, साखिने–जुरेढुङ्गा–सिस्नेहार–आँपका ठुटा सडकको स्तरोन्नति गरिने संकल्प गरेका छन् । साखिने वेतुर्खक सडकको स्तरोन्नति, वगाले मौवाका रूख सडकको स्तरोन्नति, ढुङडुङ्गे धर्मशाला समेतका बाटोहरूस्तरोन्नति,लाटिगाडे–भुजेलखर्क–माइकास्थान–मौरीडाँडा–अर्जुन भगवती मन्दिरसम्मको योजना सञ्चालनमा रहेको बाँकी भागलाई सम्पन गर्दै कालोपत्रे उम्मेदवार थापाले प्रतिबद्धता जनाएका छन् ।

यस वडाभित्र अव्यवस्थित रूपमा रहेका विद्युत्तीय पोल र तारलाई व्यवस्थित गर्दै बाटो लाइनमा व्यवस्थापन गरी सडक बत्ती जोडिने चुनावी ऐजेन्डा अगाडी सारेका छन् । खानेपानी नपुगेका टोलटोलमा शुद्ध पिउने पानी पुर्याउदै अव्यवस्थित रूपमा सञ्चालन भएका र योजना सञ्चालन भई पूरा नभएका योजनालाई प्राथमिकताको आधारमा व्यवस्थित र सम्पन्न गर्दै बगाले खोला डिपबोरिङ्ग भई कार्य सुरू भएको डिप बोरीड लिफ्टिङ्ग खा.पा योजना सम्पन्न गरी भुजेलखर्क उपल्लो टोल सोता वेतुखर्क– जीपपार्कको पिउने पानीको आवश्यकतालाई पूर्ति गरिने लक्ष्य रहेको छ ।

यस वडाभित्र रहेको खेतीयोग्य जमिन र कृषिमा आधारित ९० प्रतिशत कृषकहरूलाई कृषि पेशामा उन्मुख गराउन माटो परीक्षण गराई प्राविधिकको सल्लाहबमोजिम सम्भावय खेती प्रणाली लागु गर्दै विभिन्न जातका आयआर्जन हुने फलफूल, तरकारी खेती, अन्नवालीमा विशेष जोड दिदै पशुपालनमा उन्नत गाईभैंसीपालन गरी दूध उत्पादन र मासुका लागि बाखा, कुखुरा, बंगुरपालनमा वडाभित्रका प्रत्येक कृषकलाई समावेश गराई उत्पादनमा आधारित प्रोत्साहन र अनुदान प्रदान गरी कृषिमा आयआर्जन गराई रोजगारी सिर्जना गरिने थापाको लक्ष्य रहेको छ ।

दीर्घरोगी, ज्येष्ठनागरिक, अपाङ्ग बालबालिका प्रसूती भएका महिला समेतको लागि वडाभित्रका विभिन्न स्थानमा साप्ताहिक घुम्ती शिविर सञ्चालन गरीने संकल्प रहेको छ । यस वडाभित्र रहेका शिक्षण संस्थामा गुणस्तरीय शिक्षाको लागि आधुनिक प्रविधिको व्यवस्थापन गरिने छ । यस वडाभित्र रहेका पुरातात्विक तथा ऐतिहासिक स्थल अर्जुन डाँडा, उनायचौर, लसुने खोला पाटा, भुजेलखर्क कालिका मन्दिरको पर्यटन विकास पूर्वाधारमा जोड दिदै निर्माण, प्रचार–प्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याई रोजगारी सिर्जना गरिनेछ ।

साथै यस क्षेत्रका सम्पूर्ण धार्मिक मठमन्दिरको संरक्षण गरिने प्रतिबद्धता जायर गरेका छन् ।वडाभित्र बेरोजगारमा रहेका युवायुवतीहरूलाई उनीहरूको चाहना अनुसारको विभिन्न सीपमुलक तालिम प्रदान गरी व्यवसायमुखी बनाई रोजगारी सिर्जना गरिने छ । साथै कृषि र पशुपालनमा प्राविधिक तालिम उपलब्ध गराई समूहगत रूपमा खेती र पशुपालनका उत्पादनमा आधारीत अनुदान प्रदान गरी रोजगार बनाइने छ ।

यस वार्ड भित्रका ९० प्रतिशत कृषकहरूले गरेको खेतीलाई बादरको आक्रमणबाट पूर्णरूपमा क्षती हुँदै आएको हुदाँ सम्बन्धित निकायहरूसँग समन्वय गरी कृषकले लगाएको बाली जोगाउन कृषक वडा कार्यालय, नगर कार्यपालिका र आवश्यक निकायसँग पहल गरी रोकथाम र बीमाको व्यवस्था गरिने प्रमुख संकल्प रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर