पाल्पा – पाल्पाको नौँ पालिकामा निर्वाचित स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले सपथ लिनुभएको छ । पाल्पाबाट निर्वाचित जनप्रतिनिधिहरूलाई मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो ।
जिल्लाको रम्भा गाउँपालिकामा मतगणनामा विवाद हुँदा त्यहाँको नतिजा आउन सकेको छैन । अन्य पालिकाका प्रमुख तथा अध्यक्षहरूले भने बिहीबार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
सपथग्रहण कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीको सहभागिता रहेको थियो । त्यस्तै सपथग्रहण समारोहमा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई सहभागी हुनुभएको थियो ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पनि बिहीबार नै सपथ लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पालिका प्रमुख र अध्यक्षले सपथ लिएपछि पालिकाका उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरूलाई सपथ गराउने व्यवस्था छ ।
शुक्रबारदेखि नवनिर्वाचित जनप्रतिनिधिहरूले जिम्मेवारी सम्हानुहुनेछ । सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत केसीले जनताको चाहना र भावनालाई शिरोपर गर्दै काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । बिहीबार नै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।