आकाश सुवेदी
गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा यतिबेला चुनावी माहोल तातेको छ । उम्मेदवारहरू नयाँ एजेन्डासहित मतदाता रिझाउन घरदैलो कार्यक्रममा व्यस्त छन ।
मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गुल्मीका गाउँबस्तीमा चुनावी सरगर्मी छ । उम्मेदवार सबै आ–आफ्नो तरिकाले मतदातालाई भेट्न व्यस्त छन् ।
उम्मेदवारले जनताको मत आफ्नो पोल्टामा पार्न आफ्ना चुनावी एजेन्डा लिएर जनताका घरमा पुग्ने र विभिन्न सभा तथा भेलाहरुमा सहभागी भएका छन् ।
यसपटक गुल्मी १ मा नेकपा एमालेबाट नेपालमै राष्ट्रिय पहिचान बनाउन सफल चिरिपरिचित नेता प्रदिप ज्ञवाली र सत्ता गठबन्धनबाट चन्द्र भण्डारी चुनावी दौडमा छन ।
यसअघिको २०७४ सालको आम निर्वाचनमा यो क्षेत्रबाट प्रदिप ज्ञवाली दुई हजार बढी मतान्तरले विजयी बन्नुभएको थियो । यसपटक पनि ज्ञवाली उम्मेदवार बनेकोले उहाँको जित निश्चित जस्तै रहेको स्थानीय मतदाता बताउँछन ।
ज्ञवालीको जीत निश्चित जस्तै छ भन्नेहरुले दुई तिनवटा आधार प्रस्तुत गरेका छन । निर्वाचन जितेर गएपछि ज्ञवालीले गुल्मीको परिवर्तनमा ठूलो भूमिका खेलेको र गुल्मेली जनताको दुःख सुखमा साथै रहेको कारण ज्ञवाली स्थानीय मतदाताको प्रिय रहेको बताईन्छ ।
अर्कोतर्फ उहाँले आफ्नो क्षेत्रमा अर्बौंको विकास आयोजना ल्याउनु भएकोले पनि उहाँको जीत निश्चित रहेको गुल्मेलीहरु बताउँछन ।
गुल्मेली जनताले सडक, खानेपानी, बिजुली, पुल, स्वास्थ्य, खरको छाना विस्थापन, अस्पताल लगायतका धेरै विषयको माग सम्वोधन भैसकेको र त्यसमा ज्ञवालीको महत्वपूर्ण भूमिका रहेको बताउँछन ।
त्यसकारण पनि गुल्मी निर्वाचन क्षेत्र नं. १ बाट ज्ञवालीको जीत निश्चितरहेको आँकलन गरिएको छ ।
अर्कोतर्फ राजनैतिक रुपमा पनि ज्ञवाली राष्ट्रिय राजनीतिको माथिल्लो स्तरमा र पार्टीको उपमहासचिवमा पुगीसकेको कारण पनि गुल्मेली जनता ज्ञवालीबाट धेरै आशाबादी छन ।
ज्ञवालीले फेरी निर्वाचन जितेर गएपछि बाँकी विकासका काम पूरा हुनेमा स्थानीय मतदाता ढुक्क छन । ज्ञवाली परराष्ट्र मन्त्री हुँदा गुल्मी जिल्लाका लागि धेरै योजना परेका छन । ती कतिपय पूरा भएका छन भने कति पूरा हुने चरणमा छन ।
नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका ज्ञवाली पनि कतिपय पूरा हुने चरणमा परेका योजना पूरा गर्न र अरु थप योजना ल्याउन आफूले निर्वाचन जित्नुपर्ने र गुल्मेली जनताले जिताएर पठाउने विश्वास व्यक्त गर्नुहुन्छ ।
ज्ञवालीकै पहलमा अहिले गुल्मीमा १२ अर्व बढीका योजना परेका छन । त्यो सानो रकम होइन र सानो प्रयास र पहलले त्यत्रो योजनाको रकम त्यसै आएको होइन । त्यसमा ज्ञवालीको ठूलो पसिना बगेको छ ।
गुल्मीमा रहेका दुई संघीय निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि एक नं. क्षेत्रमा एक लाख १९ हजार २८८ मतदाता रहेका छन ।
त्यसैगरी निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (क) मा ५७ हजार ५७९ र प्रदेशसभा (ख) मा ६१ हजार ७०९ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा तीनमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र) र दुईमा एमाले विजयी भएको थियो । रेसुङ्गाको प्रमुख र उपप्रमुख, गुल्मी दरबारको अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकीको अध्यक्ष र चन्द्रकोटको उपाध्यक्ष कांग्रेसले जितेको थियो ।
छत्रकोटको अध्यक्ष र उपाध्यक्ष, सत्यवतीको अध्यक्ष र उपाध्यक्ष तथा रुरुक्षेत्रको उपाध्यक्षमा एमाले विजयी भएको थियो । रुरु क्षेत्रको अध्यक्ष, चन्द्रकोटको अध्यक्ष र कालीगण्डकीको उपाध्यक्षमा माओवादी केन्द्रले जितेको थियो ।
स्थानीय तहमा सत्ता गठबन्धनले ३८ हजार ७६२ र एमालेसहितको गठबन्धनले ३५ हजार ८८५ मत पाएको थियो ।
स्थानीय तहको मत जोगाएर त्यसमा केही थप गर्न सके गुल्मी १ मा
प्रदिप ज्ञवालीको जीत निश्चित रहेको बताइन्छ ।
ADVERTISEMENT