चितवन -चितवन क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् ।
फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले दिएको फैसालासंगै सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।
अहिलेसम्म दर्ता भएका राजनीतिक दल: