साउन २०
गुल्मीमा बसेर पत्रकारिता गरिरहेका पत्रकार कृष्ण अन्जान ज्ञवालीको हिजो निधन भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा ५५ बर्षको उमेरमा पत्रकार अन्जानको निधन भएको हो । लामो समयदेखि मधुमेहका बिरामी रहेका उहाकोको उपचारको क्रममा हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ ।
अन्जान पछिल्लो समय गुल्मीको रुरुक्षेत्र गाँउपालिकाको थोर्गामा रहेर संचार माध्यममा प्रतिनिधिकोरुपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । गुल्मीको रुरुक्षेत्र थोर्गा स्यालपोखरीमा स्थायी घर भएका ज्ञवाली बिभिन्न संघ संस्था हुदै पछिल्लो समय निरन्तर पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । मृतक अन्जानको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । पारिवारिक श्रोतका अनुसार भोली आईतबार मात्र गुल्मीको रिडीधाममा शवको दाहसंस्कार गरिने छ ।
उहाको परिवारमा श्रीमती तथा १ छोरी र १ छोरा छन् ।