सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सोमबार बिहान गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन् ।
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको गुडिरहेको गाडीमाथि ढुंगा झरेको हो। घाइतेहरुको परिचय खुलेको छैन। घाइते तीनै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३, दोभान सिद्धबाबा क्षेत्रको नागको मन्दिर नजिकै माथिल्लो भागबाट ढुंगासहित खसेको पहिरोमा जिपमा परेको प्रहरीले जनाएको छ। केही समय अवरुद्ध भएको राजमार्ग ढुंगा हटाएर एकतर्फी खुलाइएको छ।