अनिष पन्थी गुल्मी । यति बेला देशमा एउटै प्रसङ्ग चलिरहेको छ जुन हो ठाउँठाउँमा गोहत्या विरुद्ध बिरोध प्रदर्शन भएको पाइन्छ।
यहि प्रसङ्गलाई लिएर सोमबार गुल्मीमा पनि गोहत्या विरुद्ध बिरोध प्रदर्शन एवं जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाइएको छ।
विश्व हिन्दु महासंघ ,रेसुंगा संरक्षण समिति, सत्यशाही केन्द्र, राधा माधव समिति, बह्मकुमारी राजयोग केन्द्र तथा सनातन हिन्दू धर्ममा आस्था राख्ने संघसंस्थाहरुको आयोजनामा सदरमुकाम तम्घासको जिल्ला प्रशासन अगाडि विरोध प्रदर्शन गरिएको हो।
असहिष्णुता ,भड्किदो हिंसा र गौहत्या साथै हिन्दु धर्मालम्बीको आस्था माथिको प्रहार भएको विश्व हिन्दू महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।देशमा सबै धर्मको आपसी समन्वय र धार्मिक सहिष्णुतालाई जीवन्त राख्न राष्ट्र सक्षम हुनुपर्ने भुसालले बताए।
सोही अवसरमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइएको छ। रेसुङ्गा संरक्षण समितिका सचिव गोपाल पन्थीले ज्ञापन पत्र बाचन गर्दै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसिलाइ हस्तान्तरण गरेका थिए। यता प्रमुख जिल्ला अधिकारी केसीले ज्ञापनपत्रलाई सम्बन्धित निकायसम्म पुगाउने बताए।