सुनिता बुढा र इस्वर सिङ को आवाजमा रहेको पारिजात को बोट चर्चामा

सर्जक खिमानन्द खरेल ले पारीजातको बोट पन्चेबाजा गीत बजारमा ल्याएका छन् । मंसिर लागे लगत्तै कलाकारहरुलाई पन्चेबाजाका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ । बजारमा यतिबेला बिभिन्न खाले पन्चेबाजा गीत सार्वजनिक भैइरहेका बेला खरेल पारीजात को बोट नयाँ गीत बजारमा ल्याएका हुन् । पहिला बजारामा आएका गितले जस्तै याे गितले पनि धेरै माया पाउने बिश्वास उहाले बताउनु भयो बिगत केहि वर्ष यता खिमा नन्द प्रबास बाटनै गीतमा सकृय छन उनका सिर्जना मा सामाजिक र सांस्कृतिक परिस्थितिहरूको चरित्र चित्रण गरेको पाइन्छ। मार्मिक भाकाहरू उनका धेरै छ केहि समय पहिले मेचिमाहाकली ,करङ खोलीमा ,अभागी आमा , रस जोवन , प्यारो मुसिकोट , मगर मेला लगाएत द्जनौ गीत हेर्न सुन्न सकिन्छ र उनको आप्नै च्यानल बाट बजारमा ल्याएका छन्। सकेसम्म सङ्गीत र लय पनि रैथाने शैलीकै उनको रुचिमा पर्ने गर्दछ्न गीतमा रैथाने शब्द, भाका र कथा भर्न सिपालु सर्जक खरेल को गीतले गाउँबाटै तयार भएर सहर गुन्जाएका छ्न । यस पटक पाल्पाको रमणीय स्थल बौघागुम्मा मा छायाङ्कन खिमानन्द खरेल को सब्द लय रामचन्द्र चन्द को सगीत सम्योजन रहेको सोहि गीतमा इस्वर सिङ र सुनिता बुढाको स्वर पृज्म स्टुडियो मा रेक्र्ड गरिएको गीत मा श्याम स्वत रसाइलीको मिक्सिङ रहेको छ भने अस्मिता रनपाल सुमन थापा दिप्सन छेत्री नबिना घर्ति को अभिनय रहेको सोहि गीत मा सुमन थापाको निर्देशन र कोरियो मा राम केसी को छायाङ्कन रहेको उक्त  गीत Revensh music Youtube च्यानल बाट सार्बजनीक भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर