काठमाडौं । स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु भएको छ । बिहान ७ देखि मतदान सुरु भएको हो । निर्वाचन आयोगका अनुसार अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उमेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उमेदवार प्रतिस्पर्धामा छन् ।